कार्यक्रमको प्रमुख अतिथि सम्माननीय अग्नि सापकोटा र बिशेष अतिथि मा क्रमस क. राम कार्की, देवी खड़का, बिशाल खड़का, शेषमणी शर्मा, दिपक पाण्डे र अतिथिमा राजन नेपाल, अशोक ढुंगेल थिए, कार्यक्रमको अध्यक्षता रमेश बेलबासेले गरेका थिए। प्रमुख अतिथि सम्माननीय अग्नि सापकोटाले आफ्नो मन्तव्यमा शहीद रीत बहादुर खड्काको बलिदानलाई स्मरण गर्दै वर्तमान राजनीतिक परिप्रेक्ष्यमा उहाँको योगदानको महत्वलाई उजागर गरे।

कार्यक्रममा बिश्व साइकल यात्री अजय र भगतलाई विशेष सम्मानका साथ सहयोग प्रदान गरिएको थियो। उनीहरूको साहसिक यात्राले विश्वभरि नेपालको नाम उजागर गरेको भन्दै प्रशंसा गरियो। आयोजकहरुले उनीहरूलाई सम्मान पत्र र आर्थिक सहयोग प्रदान गरे।

उक्त कार्यक्रममा नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। उपस्थित अतिथिहरूल अतिथि कृष्ण हमाल , राजन ढुंगेल , बिक्रम सुबेदी , सुबास सुबेदी, सन्तोष मल्ल, यज्ञ अधिकारी , किशोर भण्डारी, अभिषेक उपरेती, अशोक बस्नेत सबैले शहीद रीत बहादुर खड्काको जीवन र संघर्षबारे आफ्ना विचारहरू राखे। साथै, साहित्यिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा शहीद बिषयमा कविता र कलम खड्का द्वारा सहिद रीत बहादुर खड्काको बारेमा डकुमेन्ट्री र जानकारी मुलक प्रस्तुतीकरण साथै कविता बाचन गरियेको थियोे।
कार्यक्रमका क्रममा अग्नि सापकोटाले भने, “शहीद रीत बहादुर खड्काको स्मरणले हामीलाई देशप्रेम र बलिदानको महत्त्व बुझाउँछ। यस प्रकारका कार्यक्रमहरूले हामीलाई एकताबद्ध गर्न मद्दत पुर्याउँछ।
” स्मृति दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले नेपाली समुदायबीचको एकता र सहकार्यलाई अझ मजबुत बनाएको छ। नेपाली जनप्रगतिशिल मंच अष्ट्रेलिया क्यान्बेराले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा सहभागी सबैले शहीद खड्काको स्मृतिमा मौन धारण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए। उक्त अवसरले शहीदको बलिदानलाई सम्मान गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूले नेपाली समुदायलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरिएको छ।

