कृष्ण सेन (इच्छुक) को संक्षीप्त जिवनी

कृष्णसेन इच्छुक (२०१३-२०५९) नेपालका युवा पत्रकार थिए । माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गतेका दिन भारतको देहरादुनमा भएको थियो । यिनी द्न्द्वकालमा राज्य पक्षबाट मारिएका थिए।

कृष्ण सेनको पुर्ख्यौली घर प्यूठान जिल्लाको साराङकोटमा थियो । उनका परिवार त्यहाँबाट अर्घाखाँचीको जलुके गा.वि.स. ७, सातमारामा बसाई सरेको थियो । उनका बुबा भारतीय सेनामा जागिरे थिए । उनको जन्म भारतमै २०१३ सालमा पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट भएको थियो । उनको ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको थियो । 

इच्छुकले कक्षा १ देखि ८ सम्म दाङ जिल्लाको देउखुरीमा रहेको श्री आदर्श मा.वि.मा पढे । कक्षा ९ र १० दाङ जिल्लाकै लालमटियास्थित श्री सरस्वती हाइस्कुलमा पढे । उनले २०३२ सालमा दोस्रो श्रेणीमा एस.एल.सी. पास गरे । एस.एल.सी. पास गरेपछि उच्च शिक्षा पढ्ने उनको चाहना हुँदाहुँदै पनि गरिबीले उनी पढाइ छाडी कोइलाबासमा भएको साल्ट ट्रेडिङ्गको कार्यालयमा काम गर्न थाले । काम गर्दागर्दै उनले स्वाध्ययन गरे र भारतबाट प्राइभेट परीक्षा दिएर आई.ए. उत्तीर्ण गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट बी.एड परीक्षा उत्तीर्ण गरे । उनी विश्वविद्यालयमा भर्ना भएर एम.ए. अध्ययन गर्न थाले तर जनताको पक्षमा सक्रिय भएर आन्दोलनमा लाग्दा उनले एम.ए.को पढाई पुरा गर्न सकेनन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा कृष्ण सेनलाई निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको प्रशासनले गिरफ्तार गर्योल । जेलको कालकोठरीबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसमा भर्ना भए । क्याम्पसमा पढ्दा उनी विद्यार्थी आन्दोलनमा सक्रिय भए । उनी २०३९ सालमा पुनः पक्राउ परे । त्यस बेलाको पञ्चायती निरङ्कुश शासकले उनलाई लगातार साढे ५ वर्ष जेलमा थुन्यो । उनी २०४४ सालमा मात्र जेलबाट छुटे ।

स्कूल पढ्दादेखि नै कृष्ण सेनलाई जनताको पक्षमा गरिने राजनीतिक विचारधाराले प्रभावित पारेको थियो । उनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०३७ सालदेखि उनले दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । २०४५ सालमा उनी अखिल नेपाल राष्ट्रिय स्वत्नत्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने । २०४६ सालमा उनी क्म्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी बने । पछि उनी संयुक्त जनमोर्चा नेपालको सम्त केन्द्रीय सदस्य बने । साथै उनी अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक सङ्घका केन्द्रीय पार्षद, पत्रकार महासङ्घका पार्षद, दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्यसमेत भए ।

कृष्णसेन इच्छुक बहुप्रतिभाशाली व्यक्ति थिए । उनी नेपाली दुःखी गरिब जनताको पक्षमा कलम चलाउने जनकवि, लेखक र युद्धमोर्चाका पत्रकार थिए । साथै, उनी जनयुद्धका योद्धा पनि थिए । उनी शोषित पीडित बहुसङ्ख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने, राजनीतिक विचारक तथा सशक्त माधवअधिकारवादी थिए ।

जनताका पक्षमा लाग्ने कृष्ण सेनको लेखक, पत्रकार, मानवअधिकारवादी र मुक्तियोद्धाको भूमिकालाई निरङ्कुश शासनतन्त्रले देख्न सकेन । परिणामस्वरुप पटकपटक गरी दश वर्षसम्म उनलाई जेलमा यातनापूर्वक थुनियो र अन्त्यमा सेनलाई २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तार पछि महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते हत्या गरियो । ४६ वर्षको जीवनमा देश र जनताका लागि बिर्सन नसक्ने गरी गुण लगाएर उनी मरे ।

सामाजिक दायित्वसहितको जनप्रगतिशिल मञ्च अष्ट्रेलियाको अभियान: पहिलो चरणको सहयोग हस्तान्तरण र आगामी योजनाहरू

"सामाजिक दायित्वसहितको जनप्रगतिशिल मञ्च अष्ट्रेलिया" अभियानले आफ्नो पहिलो चरणमा नेपालका विभिन्न जिल्लाका विपन्न, गरिब तथा शहीद परिवारका विद्यार्थीहरूलाई सहयोग हस्तान्तरण गर्दै ठूलो कदम चालेको छ। यो अभियानले नेपालका ग्रामीण तथा पछाडि परेका समुदायका विद्यार्थीहरूलाई...

क्यान्बेरा, अष्ट्रेलिया – नेपाली जनप्रगतिशिल मंच अष्ट्रेलिया क्यान्बेराले शहीद रीत बहादुर खड्काको २२औं स्मृति दिवस भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि सम्माननीय अग्नि सापकोटा र बिशेष अतिथि मा क्रमस क. राम कार्की, देवी खड़का, बिशाल खड़का, शेषमणी शर्मा, दिपक पाण्डे र अतिथिमा राजन नेपाल, अशोक ढुंगेल थिए, कार्यक्रमको अध्यक्षता रमेश बेलबासेले गरेका थिए। प्रमुख अतिथि सम्माननीय अग्नि सापकोटाले...

अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री नेपालमा, चार दशक अघि हराएको टुडाल नेपाललाई फिर्ता

काठमाडौँ । दुई दिने भ्रमणका क्रममा अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स मंगलबार काठमाडौँ आइपुगेका छन् । नेपाल स्थित अस्ट्रेलियाली दूतावासका अनुसार यो भ्रमणका क्रममा अस्ट्रेलियाको नेपालसँगको गहिरो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूको बारेमा चर्चा...